काठमाडौं । चलचित्र ‘वर एण्ड बधु’को रिलिज मिति तय गरिएको छ ।
मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र भदौको १४ गतेबाट देशभरका हलमा रिलिज गर्ने पक्का गरिएको हो । चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य मुख्य भूमिकामा रहेका छन् ।
चलचित्रमा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा जानुका थापाको लगानी रहेको छ भने अमित रिजाल कार्यकारी निर्माता हुन् । एलआरके प्रोडक्शनको ब्यारनमा बनेको चलचित्रमा सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन रहेको छ ।


