शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘तैँ चुप मैँ चुप’ को निर्माण घोषणा

एक्सप्रेस पाना
आषाढ २०, २०८१ बिहीबार
  • 320
    SHARES
  • चलचित्र ‘तैँ चुप मैँ चुप’ को निर्माण घोषणा

    काठमाडौं । चलचित्र ‘तैँ चुप मैँ चुप’ को निर्माण घोषणा गरिएको छ । 

    images

    चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको जन्मोत्सवको अवसर पारेर चलचित्र निर्माणको घोषणा गरिएको हो ।

    पोलिटिकल कमेडी ‘तैँ चुप मैँ चुप’लाई घनश्याम लामिछानेले निर्देशन गर्ने भएका छन् । स्क्रिप्ट मनिष गौतमले लेखेका छन् । पोलिटिकल सस्पेन्स कथा रहेको चलचित्रमा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी शैलीमा प्रस्तुत गरिने निर्देशक लामिछानेले बताए । 
     
    काठमाडौं र पोखरामा छायांकन हुने बताएको निर्माणपक्षले  चलचित्रका लागि कलाकार छनोटको काम भइरहेको जनाएको छ । 
     

    images

     

  • सम्बन्धित विषय:

  • # तैँ चुप मैँ चुप