काठमाडौं । राजु गिरी निर्देशित चलचित्र ‘ईश्वर’को नयाँ गीत ‘तिमी आयौ’ सार्वजनिक भएको छ ।
साउन ११ गतेबाट रिलिज हुने चलचित्रको सार्वजनिक गीतमा कृष्ण काफ्लेको स्वर, भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
गीतमा चलचित्रका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । गीतको भिडियोमा उनीहरुबीचको प्रेमलाई दर्शाइएको छ ।
चलचित्रमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । अनुले यो चलचित्रबाट पाँच वर्षपछि कमब्याक गर्न लागेकी हुन् ।
दिव्या कंगना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हरिबहादुर थापा हुन् । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा बनेको चलचित्रले अन्तरजातीय प्रेममा आउने अवरोधलाई देखाउन खोजिएको छ ।
निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा रामेश्वर हुँमागाईको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत छ


