शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

एक्सप्रेस पाना
आषाढ २३, २०८१ आइतबार
  • 391
    SHARES
  • चलचित्र ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

    काठमाडौं । अनिल बुढा मगर निर्देशित चलचित्र ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ । 

    images

    गीतमा दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् भने हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत र स्वर रहेको छ । 

    जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् ।

    images

    पूर्वीरुकुम आसपासमा छायांकन गरिएकोचलचित्रको कथा निर्देशक अनिल आफैले लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

    जनक घर्ती मगरले निर्माता हुन् । दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

    असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज गर्ने तयारी छ । 

  • सम्बन्धित विषय:

  • # चलचित्र ‘घरज्वाइँ’