काठमाडौं । गायिका कमला घिमिरे चलचित्र अभिनयको थालनी गर्दैछन् । बाबु बलामीको निर्देशन रहने आगामी चलचित्र ‘माइली’मा कमला अनुबन्धित भएकी छन् ।
डेब्यु चलचित्रमा उनको भूमिका खुलाइएको छैन । संगीतमा जस्तै चलचित्रमा पनि दर्शकले आफूलाई साथ दिने आशा उनले व्यक्त गरिन् ।
सत्य घटनामा आधारित हुने भनिएको चलचित्रमा महिलाको पीडा देखाइने बताइएको छ ।
असार अन्त्यदेखि छायांकन सुरु हुने जनाइएको छ । मकवानपुरको वीरखर्क र कुलेखानी, काठमाडौं र युएईको दुबईमा खिचिनेछ । शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ । यसअघि चलचित्रमा प्रियंका कार्की र करिश्मा मानन्धर पनि अनुबन्धित भइसकेका छन् ।


