शुक्रबार, भाद्र २६ गते २०८३
images

डकुड्रामा ‘हामी छौं’को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक

एक्सप्रेस पाना
आषाढ २५, २०८१ मंगलबार
  • 309
    SHARES
  • डकुड्रामा ‘हामी छौं’को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक

    काठमाडौं । सलोन-सलिना फिल्सस्‌को प्रस्तुतिमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक भएको छ।

    images

    गीतमा प्रताप दास र रचना रिमालको स्वर रहेको छ भने आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको संगीत छ। गितमा प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन्। 

    आगामी दसैँमा ओटिटी प्लेटफर्मबाट रिलिज हुने डकुड्रामा ७ एपिसोडको हुनेछ। सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामामा उमा कार्की, सुमिन गुरुङ, सुसान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान, जय बिनोद काफ्ले, सुनिल भन्डारी, शिब राज नेपाल, स्वरूपजंग रायमाझीलगायतको अभिनय छ।

    images

    डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए। डकुड्रामामा रामजी राउतको निर्देशन रहेको छ भने रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन रहेको छ ।