शुक्रबार, भाद्र २६ गते २०८३
images

'लापत्ता सन्तान' को फस्र्टलुक पोस्टर सार्वजनिक

एक्सप्रेस पाना
आषाढ २५, २०८१ मंगलबार
  • 412
    SHARES
  • 'लापत्ता सन्तान' को फस्र्टलुक पोस्टर सार्वजनिक

    काठमाडौं । रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशन रहेको चलचित्र 'लापत्ता सन्तान' को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

    images

    पोस्टरमा चलचित्रका शीर्ष कलाकारहरू रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट र मनिष पी निरौलालाई देख्न सकिन्छ। 

    विभिन्न कारण आश्रम पुगेका बुवाआमा र उनीहरूका सन्तानको कथा चलचित्रले उठान गरेको पोस्टरबाट अनुमान गर्न सकिन्छ। 

    images

    चलचित्रको टिजर केही दिनमा सार्वजनिक गरिने बताइएको छ । 

    निरज कंडेलको डिओपी र नहकुल खड्काको सम्पादनमा तयार भएको चलचित्रको कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन्। 

    निर्देशक ज्ञवालीले यसअघि निर्देशन गरेका डार्क मुनु, एक लभरु, आराध्याु, हनिमुनु लगायतका सर्ट चलचित्रहरू सार्वजनिक भइसकेका छन्।