शुक्रबार, भाद्र २६ गते २०८३
images

सकियो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन

एक्सप्रेस पाना
आषाढ ३०, २०८१ आइतबार
  • 309
    SHARES
  • सकियो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन

    काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ ।

    images

    सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको निर्माण टिमले जनाएको हो । 

    गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र चलचित्रको बाँकी छायांकन काठमाडौँमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । 

    images

    चलचित्रको पहिलो चरणको छायांकन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता पौडेलले आम दर्शककालागि ‘पूर्ण बहादुरको सारङ्गी’ विशेष हुने बताए ।

    कलाकारहरूको बलियो लाइनअप रहेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।

    चलचित्रमा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । यस्तै यो चलचित्रको बालकालकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ ।

    चलचित्रलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

    सोसल(ड्रामा जनरा रहेको चलचित्रका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् ।

    चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । निर्माण टिमले चलचित्रलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।