शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘तेल भिसा’मा अभिनेता विपिनको डबल रोल

एक्सप्रेस पाना
आषाढ ३१, २०८१ सोमबार
  • 376
    SHARES
  • चलचित्र ‘तेल भिसा’मा अभिनेता विपिनको डबल रोल

    काठमाडौं । शंकर घिमिरे निर्देशित चलचित्र ‘तेल भिसा’को प्रदर्शन मिति परिवर्तन गरिएको छ।

    images

    निर्माण टिमले चलचित्रको फर्स्टलुक सार्वजनिक गर्दै मंसिर ७ गतेका लागि रिलिज डेट तय गरेको  जनाएको हो। यसअघि भदौ २९ गते रिलिज हुने भनिएको थियो।

    सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ भने अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामासहित केही विदेशी कलाकार छन्। चलचित्रमा बुद्धि तामाङ पनि मुख्य भूमिकाका रहेका छन्। 

    images

    केही समयअघि अमेरिकामा  पहिलो चरणको छायांकन गरिएको फिल्मको सोमबारदेखि चितवनमा दोस्रो चरणको छायांकन सुरु गर्ने बताइएको छ।

    वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको चलचित्रमा अनिश पाण्डे र शिवराज कार्की निर्माता हुन् भने सुशन प्रजापतिले छायांकन गरेका हुन्।