शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘ईश्वर’ साउन ११ गतेदेखि प्रदर्शनमा आउने

एक्सप्रेस पाना
श्रावण १, २०८१ मंगलबार
  • 299
    SHARES
  • चलचित्र ‘ईश्वर’ साउन ११ गतेदेखि प्रदर्शनमा आउने

    काठमाडौं । राजु गिरी निर्देशित चलचित्र ‘ईश्वर’ साउन ११ गतेदेखि प्रदर्शनमा आउदैँ छ । 

    images

    सामाजिक कथामा आधारित भएर तयार पारिएको चलचित्र देशभर एकसाथ प्रदर्शन हुन लागेकोे हो।

    दिव्याकंगना चलचित्रको प्रस्तुतीमा निर्माण भएको चलचित्रले गुरुङ समुदायले मामाको छोरी, फूपूको छोराबीच नै विवाह हुनुपर्छ भन्ने मान्यतालाई प्रस्तुत गरेको छ।

    images

    चलचित्रमा माओत्से गुरुङ, ध्रुव थापा, कृस्टि गुरुङसँगै सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सविन बास्तोला, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ।

    चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद छ। चलचित्रको प्रस्तुतकर्ता लक्ष्मी कुँवर हुन्। अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी छ। रामेश्वर हुमागाईंको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ।

  • सम्बन्धित विषय:

  • # ईश्वर