शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संविधानबाट प्राप्त अधिकारको लागि महिलाहरूले दिएको योगदानलाई नजरअन्दाज गर्न हुदैँन :उपप्रधानमन्त्री सिंह

एक्सप्रेस पाना
श्रावण २, २०८१ बुधबार
  • 320
    SHARES
  • संविधानबाट प्राप्त अधिकारको लागि महिलाहरूले दिएको योगदानलाई नजरअन्दाज गर्न हुदैँन :उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्न आग्रह गरेका छन् ।

    images

    बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अहिले नेपालीहरूले पाएको अधिकारका लागि महिलाहरूको योगदान अतुलनीय रहेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त अधिकारका लागि नेपाली महिलाहरूले दिएको योगदानलाई नजरअन्दाज गर्न नहुने बताए ।

    images

    उनले भने,"यो भवन समयमै सम्पन्न होस् ।अधिकार प्राप्त गर्नका लागि मंगलादेवी लगायतका महिला नेतृहरूको धेरै योगदान रहेको छ । हामी सबैले त्यसको गम्भीरतालाई हामी सबैले बुझ्नुपर्छ । २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि पनि गुमेका अधिकारहरूलाई पुनः प्राप्ति गर्नको लागि मंगलादेवी सिंह लगायत शैलजा आचार्यहरू सबै जेल गएको कुरा तपाईँ हामी सबैले बिर्सिनु हुँदैन । अहिले हामी जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक जुन संविधानबाट जुन प्राप्त गरेका अधिकारहरू छन् । ती अधिकारहरू प्राप्त गर्नको लागि हाम्रो पार्टीका धेरै महिला नेतृहरूले धेरै ठूलो योगदान दिनुभएको छ । त्यसैले अहिले आएर हामीले भेला भएर आफ्ना कुरा राख्नसक्ने अवस्थामा पुगेको कुरालाई नजरअन्दाज गर्नु हुँदैन ।"

    उपप्रधानमन्त्री सिंहले मंगलादेवी सिंहको नाममा शिलान्यास भएको भवन छिटै बनाइसक्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाको हातबाटै उद्घाटन गर्दा राम्रो हुने बताए । 

     

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह