काठमाडौं । दसैँमा रिलिजको तयारी गरिएको चलचित्र ‘छक्कापञ्जा ५’ को छायाङ्कन बुधबार सकिएको छ ।
काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म चलेको छायाङ्कन काभ्रेको पनौती क्षेत्रमा अन्तिम दृश्य खिचेर अन्त्य गरिएको हो । छायाङ्कन सेटबाट प्राप्त तस्वीरमा निर्देशक दीपाश्री निरौलालाई छायाङ्कन टुङ्गिएपछि जानकारी गराएकी हुन् ।
चलचित्रमा दीपकसहित केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटीको प्रमुख भूमिका छ । तर अन्य कलाकारलाई भने रिलिजकै क्रममा जानकारी दिने तयारीमा निर्माण पक्ष छ ।
सोसल–कमेडी जनरामा बन्ने यो चलचित्र छायाङ्कन अब पोस्ट–प्रोडक्सनमा जानेछ । चलचित्र आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो । कार्यकारी निर्माताको रूपमा निर्मल शर्मा समेत छन् ।


