शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकै ठाउँमा उभिएका दुई ठूला दललाई गल्ती गर्ने छूट छैन:शेखर कोइराला

एक्सप्रेस पाना
श्रावण ६, २०८१ आइतबार
  • 223
    SHARES
  • एकै ठाउँमा उभिएका दुई ठूला दललाई गल्ती गर्ने छूट छैन:शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एकै ठाउँमा उभिएका दुई ठूला दललाई गल्ती गर्ने छूट नभएको बताएका छन् ।

    images

    आइतबार वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    उनले जनताले सुशासनको अनुभुति हुने गरी सरकारले काम गर्नुपर्ने उनले बताए । अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको भनाई थियो । 

    images

    देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको बताउँदै कोइरालाले भने, "अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।’ ‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ ।"

     कांग्रेस नेता कोइराला वीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको बताए ।

     

  • सम्बन्धित विषय:

  • # शेखर कोइराला