काठमाडौं । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ ।
आइतबार गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर रहेको छ ।
भिडियोमा चलचित्रका मुख्य दुई कलाकारहरु नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् ।
चलचित्रमा बिजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको पनि अभिनय छ ।
मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्रमा जानुका थापाको लगानी छ । अमित रिजाल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराज र सुस्मिता वाइवाको कोरियोग्राफी, प्रदीप भारद्धाजको लेखन छ ।
चलचित्र ‘बर एण्ड वधु’लाई सामाजिक कथावस्तुमा निर्माण गरिएको निर्माणपक्षले बताएको छ । यो चलचित्रभदौको १४ गतेबाट देशव्यापी रिलिजमा आउँदैछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।


