शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र घर नम्बर २’ मा कलाकार निश्चल बस्नेत अनुबन्धित

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 288
    SHARES
  • चलचित्र घर नम्बर २’ मा कलाकार निश्चल बस्नेत अनुबन्धित

    काठमाडौं । नयाँ नेपाली चलचित्र ‘के घर के डेराः घर नम्बर २’ मा कलाकार निश्चल बस्नेत अनुबन्धित भएका छन् । 

    images

    चलचित्रको मुख्य भूमिकामा बस्नेतलाई अनुवन्धित गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका छन् ।

    यसअघि यो चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको प्रवेश भइसकेको छ । 

    images

    ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । 

    चलचित्रमा अनुवन्धित भएपछि कलाकार बस्नेत उत्साहित देखिए । उनले, चलचित्रको कथावस्तु बलियो रहेकाले आफू काम गर्न तयार भएको बताए ।

    चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ । सामाजिक कथावस्तुमा निर्माण हुने यो चलचित्रलाई यसै वर्ष रिलिज गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।