शुक्रबार, भाद्र २६ गते २०८३
images

‘हिटलर आउँदैछ’ बाट नाटकमा डेब्यु गर्दै वर्षा

एक्सप्रेस पाना
श्रावण ८, २०८१ मंगलबार
  • 271
    SHARES
  • ‘हिटलर आउँदैछ’ बाट नाटकमा डेब्यु गर्दै वर्षा

    काठमाडौं । अभिनेत्री वर्षा राउतले रङ्गमञ्चमा डेब्यु गर्ने भएकी छिन् । 

    images

    विमल सुवेदीको नाटक ‘हिटलर आउँदैछ’ अमेरिकामा मञ्चन हुने भएको छ । यही नाटकबाट वर्षा डेब्यु गर्न लागेकी हुन् । 

    विमलको निर्देशन रहने नाटक निर्देशक स्वयं र जोयश पाण्डेले लेखेका हुन् । 

    images

    वर्षासँगै जोयस पाण्डेको पनि मुख्य भूमिका रहने नाटक ‘हिटलर आउँदैछ’ को मञ्चन अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा हुनेछ । आइतबार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त व्यक्तिहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै नाटकको बारेमा जानकारी दिइएको थियो । 

    कार्यक्रममा विमल सुवेदीले अमेरिकामा नाटक गर्न पाउनु आफ्ना लागि ऐतिहासिक क्षण भएको बताए । उनले भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निष्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरूको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको बताए ।
     
    नाटकमा नेपाल, भुटान तथा अमेरिकालागयत विभिन्न देशको कलाकार तथा टेक्निकल विशेषज्ञहरू जोडिएका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।