शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामाको दाबी पेश

एक्सप्रेस पाना
श्रावण ८, २०८१ मंगलबार
  • 349
    SHARES
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामाको दाबी पेश

    काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले दाबी पेश गरेका छन् ।

    images

    कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

    प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

    images

    नुवाकोटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन् ।

  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश
  • # बहादुर सिंह लामा