काठमाडौं । डकुमेन्ट्री चलचित्र ‘लापत्ता सन्तान’ को टिजर सार्वजनिक भएको छ।
सार्वजनिक टिजरमा आफ्नै छोराका कारण वृद्धाश्रम पुगेकी एक आमाको पीडालाई देखाइएको छ।
चलचित्रमा रश्मी भट्टसहित ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, अर्जुन आचार्य, सविना राउत, निलम भट्ट र मनिष प्रीतम निरौलालगायत कलाकार छन्।
चलचित्र रामजी ज्ञवालीको लेखन र निर्देशनमा बनेको छ। चलचित्रका निर्माता निर्देशक ज्ञवाली स्वयं हुन्। चलचित्रमा निरज कंडेलको छायांकन र नहकुल खड्काको सम्पादन छ।


