काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को गित ‘ तिम्रो आँखै रसिलो’ सार्वजनिक भएको छ।
दीपक शर्माको शब्द संगीत रहेको गीतमा गायिका अस्मिता अधिकारी र गायक सवीन सुवेदीको स्वर रहेको छ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चलचित्रका मुख्य कलाकार रोशन श्रेष्ठ र आयुशा समालसँगै खुशी कार्की, नारायण प्रधान, ‘डान्स इण्डिया डान्स’ फेम्ड नरेशवीर सिंहलाई देख्न सकिन्छ।
चलचित्रका निर्देशक साहित्यकार मित्र प्रधान हुन्। चलचित्रमा विदेशमा रहेका नेपालीको मुद्दालाई उठाइएको छ।
चलचित्र मा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशीको अभिनय रहनेछ।
ज्ञानबहादुर प्रधानले निर्माण गरेको चलचित्रपद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालि र नर प्रधानको प्रस्तुतिमा बनेको छ।


