काठमाडौं । साउन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा प्रेम र द्वन्द्वले स्थानलाई महत्वको साथ देखाइएको छ । उच्च र तल्लो वर्गका बिचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
ट्रेलर हेर्दा नायिका नम्रता सापकोटाले उच्च वर्ग र नायक गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ । राजु गिरी निर्देशित चलचित्रको प्रस्तुतकर्ता नारायण खाती हुन् ।
चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।


