शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहूर्त,सुरक्षा मुख्य भूमिकामा

एक्सप्रेस पाना
श्रावण ११, २०८१ शुक्रबार
  • 314
    SHARES
  • चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहूर्त,सुरक्षा मुख्य भूमिकामा

    काठमाडौं । सुरक्षा पन्तको मुख्य भूमिकामा चलचित्र ‘लाइफ ड्यामेज’ बन्ने भएको छ।

    images

    शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो। 

    सुरक्षाले शुभमुहूर्तका तस्विरहरु राख्दै चलचित्रको घोषणाबारे जानकारी दिएकी हुन्। 

    images

    फन रिभोलुसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रलाई कन्टेन्ट क्रियटरको रुपमा चर्चित निमेष श्रेष्ठले निर्देशन गर्नेछन्। चलचित्रको कथा निमेषसहित ईशा थापाले लेखेकी हुन्। 

    चलचित्रमा सुरक्षासहित ईशा थापा, सञ्जना महर्जन, निमेश श्रेष्ठ, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय रहने छ।

  • सम्बन्धित विषय:

  • # लाइफ ड्यामेज