काठमाडौं । पल शाह र बेनिशा हमालको मुख्य भूमिकामा चलचित्र ’कल्ली’ निर्माण हुने भएको छ।
मंगलबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो। चलचित्रमा पल र बेनिशाले पहिलोपटक सहकार्य गर्न लागेका हुन्।
रेड वर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् भने लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ। यसको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्। निर्माण प्रमुखमा सुरज आचार्य छन्।
सार्वजनिक पोस्टरमा पल र बेनिशा क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । पल र बेनिशालाई यसअघिभन्दा फरक भूमिकामा पोस्टरमा देखाइएको छ ।
तिहारपछि छायांकन सुरू हुनेचलचित्रलाई कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा खिचिने बताइएको छ ।
चलचित्र’कल्ली’लाई नयाँ वर्षको छेको पारेर चैत २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ।


