शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 256
    SHARES
  • चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको छ। 

    images

    बुधबार सूचना जारी गर्दै मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेको हो।

    सूचनाअनुसारआवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ।

    images

    प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले भने नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता योग्यता तोकिएको छ।

    यसअघि चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी थिए। कार्यकाल पूरा भएपछि उनी बोर्डबाट बिदाइ भइसकेका छन्।

    Screenshot_2024-07-31_071118_3athIYCqb3.jpg