शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘मोदीबेनी’ ले ल्यायो फुड एन्ड इन्टरटेनमेन्ट अफर

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 276
    SHARES
  • चलचित्र ‘मोदीबेनी’ ले ल्यायो फुड एन्ड इन्टरटेनमेन्ट अफर

    काठमाडौं । शुक्रबारबाट प्रर्दशनमा अउने चलचित्र ‘मोदीबेनी’ ले फुड एन्ड इन्टरटेनमेन्ट अफर सार्वजनिक गरेको छ। 

    images

    यो अफर अन्तर्गत यो चलचित्र हेर्ने दर्शकले नेपालभर चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा काठमाडौँका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त गर्नेछन्।

    आन्तरिक पर्यटकको लागि प्रमुख आकर्षणमा रहेको काठमाडौँको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने टिकट मूल्यमा दुई सय रुपैयाँ छुट, स्काइवाककै कम्पाउन्डमा रहेको मेक्सिकन खाना ‘बरिटो’ को लागि प्रसिद्ध बरिटो रेस्टुरेन्टमा दुई सय छुट, काठमाडौँको बत्तिस पुतलीमा रहेको अतिथि रेस्ट्रोमा २० प्रतिशत छुट पाउनेछन्। 

    images


    त्यसैगरि, सिटी सेन्टरको चौथो तल्लामा रहेको फुड कोर्टमा १५ प्रतिशत छुट तथा धुम्बाराहीमा रहेको लोकल फार्ममा रहेका सबै सामानमा १५ प्रतिशत छुट प्रदान हुनेछ।

    त्यसैगरि, उपत्यकाबाहिर दाङको नारायणपुरस्थित भिएफएक्स सिनेमा हलमा रहेको रेस्टुरेन्टमा २० प्रतिशत, इटहरीको तरहरास्थित रिजन होटेल एन्ड म्युजिक क्याफेमा २० प्रतिशत छुट तथा नेपालगन्जका दुई रेस्टुरेन्टहरू रेड हाउस रेष्ट्रो, गुरुद्वारा रोड र कुटुम्ब क्याफे, धम्बोजीमा २० प्रतिशत छुट दिइनेछ। 


    यो अफरको लागि ‘मोदीबेनी’ चलचित्र हेर्नुपर्नेछ र अनलाइन वा हलबाट काटिएको टिकट देखाएपछि छुट प्राप्त गर्न सकिनेछ। अनलाइनबाट काटिएको टिकट भने प्रिन्ट गर्नुपर्नेछ। 

    एउटै टिकटबाट माथि उल्लेखित सबै स्थानहरूमा एक पटकको लागि छुट प्रदान हुनेछ। यो अफर चलचित्र हेरेको दिनदेखि एक महिना सम्मको लागि कायम रहनेछ। 

    शङ्कर कोइराला निर्देशित चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजीना उप्रेती, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई लगायतको अभिनय रहेको छ। 

    दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेको चलचित्रको कथा आनन्द विक्रम क्षेत्रीले लेखेका हुन्।