शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘बुलाकी’ को ‘सधैं पछि परन्या हुन् स्त्री’ गीत सार्वजनिक

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 407
    SHARES
  • चलचित्र ‘बुलाकी’ को ‘सधैं पछि परन्या हुन् स्त्री’ गीत सार्वजनिक

    काठमाडौं । साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बुलाकी’ को ‘सधैं पछि परन्या हुन् स्त्री’ गीत सार्वजनिक गरिएको छ । 

    images

    सार्वजनिक ‘सधैं पछि परन्या हुन् स्त्री’ बोलको गीतले नारी वेदना बोल्छ । 

    सार्वजनिक गीतमा चर्चित गायिका समिक्षा अधिकारीको स्वर रहेको छ भने शब्द संगीत बाबुल गिरीको छ । एरेञ्जको र मिक्सिङको काम धनबहादुर गिरी (बाबुल) ले नै गरेका छन् । चलचित्रमा समावेश दृश्यहरूलाई जोडेर तयार गरिएको गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय विराज विष्ट र नरेन खड्कासहित कलाकारहरू सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल लगायतलाई प्रस्तुत गरिएको छ ।

    images

    पश्चिम नेपालको गहिराईमा पुगेर सम्पूर्ण नेपालीको जीवन दैनिकीलाई चित्रण गरिएको विशुद्ध मौलिक कथा भनिएको यो फिल्मले यो बीचमा देश तथा विदेशमा सम्पन्न विभिन्न ख्यातीप्राप्त अवार्ड तथा चलचित्र महोत्सवहरूमा उत्कृष्ट चुनिँदै आफ्नो अब्बलता प्रस्तुत गरिसकेको छ । नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त यो चलचित्रलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन् ।

    स्व. मोती विष्टको प्रस्तुतिमा बनेको ‘बुलाकी’लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको फिल्मको प्रोडक्सन हेड धनबहादुर राई हुन् ।

    चलचित्रमा कुलदिप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत पनि अभिनयमा छन् । यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # ‘बुलाकी