काठमाडौं । महिला सामाजिक कथावस्तु बोकेको चलचित्र ‘सतीदेवी’को ट्रेलर सार्वजनिक भएको छ ।
बिहीबार सार्वजनिक ट्रेलरमा छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजको घटनालाई स्थान दिइएको छ । चलचित्रलाई लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् भने शीर्ष पात्र सतीदेवीको भूमिकामा मलिका महतले अभिनय गरेकी छन् ।
ट्रेलर सार्वजनिक गर्दै निर्देशक सुवेदीले आफूले समाजमा देखेको र भोगेको कथावस्तुलाई चलचित्रमा उतारेको बताए ।
चलचित्रमा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । मलिकासँगै बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ पनि चलचित्रमा छन् ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको चलचित्रको निर्माता श्रीदेवी सुवेदी हुन् । चलचित्रको लेखन, गीत, निर्माण र निर्देशन लक्ष्मणकै छ ।


