काठमाडौं । सुदर्शन थापाको निर्देशन रहेको चलचित्र 'रावायण'को टिजर सार्वजनिक भएको छ।
शुक्रबार काडमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक टिजरमा अभिनेता पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ।
चलचित्रमा पलका साथमा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, निकिता चण्डकको अभिनय रहेको छ।
सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेकोचलचित्रको निर्माता पूजा शर्मा हुन्। सुशन पाठक कार्यकारी निर्माता छन्।
शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन रहेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गर्नेछन्। चलचित्र भदौ २१ गते रिलिज हुनेछ।


