काठमाडौं । आगामी भदौ २१ गते तीजको अवसरमा प्रदर्शन हुने भनिएको चलचित्र ‘देवी’ को टिजर सार्वजनिक गरिएको छ।
सार्वजनिक टिजरमा समाजमा घटिरहेका बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा प्रस्तुत गरिएको छ।
चलचित्रका निर्देशक सञ्जोग राई हुन्। भने कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन्।
‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको चलचित्र हो। नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ। चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ।
रेमन गुरुङ, नारायण राई र सञ्जोग राईले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन्।


