शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र 'नमेटिने घाउ' को फर्स्टलुक पोस्टर सार्वजनिक

एक्सप्रेस पाना
श्रावण २१, २०८१ सोमबार
  • 332
    SHARES
  • चलचित्र 'नमेटिने घाउ' को फर्स्टलुक पोस्टर सार्वजनिक

    काठमाडौं । सत्य घटनामा आधारित चलचित्र 'नमेटिने घाउ' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रका निर्माता एवं निर्देशक रमित ढुंगानाले सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्टर सार्वजनिक गरेका हुन्। 

    images

    पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रहरी र चलचित्रका कलाकारहरू देखिएका छन्। 

    चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सांसदहरू देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अभिनय गरेका छन्। नेपाल प्रहरीका उच्च पदाधिकारीसहित थुप्रै प्रहरीले यसमा अभिनय गरेका छन्।

    images

    चलचित्रमा एसिड आक्रमणमा परेकाहरूको समेत अभिनय छ। 

    चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसवाह, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरूङ, सुरवीर पण्डित, सुनिल कटुवाल, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतले अभिनय गरेका छन्।

    चलचित्रको कथा शिवम् अधिकारीले लेखेका हुन् भने निरज कंडेलको छायांकन रहेको फिल्ममा बनिश शाह र सन्देश शाहको सम्पादन छ।

    चलचित्र भदौ ७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ।