शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टरमा माधव कुमार नेपाल

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 308
    SHARES
  • चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टरमा माधव कुमार नेपाल

    काठमाडौं । नेपाली चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । 

    images

    बुधवार सार्वजनिक दोस्रो पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसहित चलचित्रका मुख्य कलाकारहरुलाई चित्रण गरिएको छ । भदौ ७ गतेदेखि प्रदर्शनमा आउने  चलचित्रको यसअघिको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्तुत गरिएको थियो ।

    अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा लगानीमा निर्माण भैरहेको  चलचित्र एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ ।  चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । 

    images

     चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ ।

    चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। चलचित्रमा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

    रमित ढुङ्गाना चलचित्र प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यो फिल्ममा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।

  • सम्बन्धित विषय:

  • # ‘नमेटिने घाउ