शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर विश्वलाई नै सन्देश दिनुपर्छ :सभापति देउवा

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 266
    SHARES
  • शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर विश्वलाई नै सन्देश दिनुपर्छ :सभापति देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर विश्वलाई नै सन्देश दिनुपर्ने बताएका छन् । 

    images

    बुधवार सिंहदरबारमा टिआसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    उनले कार्यदलले मेहनतसँग छलफल गरी प्रतिवेदन तयार पारेकाले अब शान्ति प्रक्रियाका बाँकी टुंग्याएर विश्वलाई नै सन्देश दिनुपर्ने बताए । 

    images

    उनले भने,"साथीहरूले धेरै मेहनत गरेर नेपाललाई एउटा युनिक किसिमको आफैँले नै नेपालको शान्ति प्रक्रिया टुंग्याउनका लागि यो मेहनत गर्नुभयो । सबै धन्यवादका पात्र हुनुहुन्छ । नेपालले यसलाई राम्रोसँग कार्यान्वयन गरेको र टुंग्याएको खण्डमा संसारमा नै यो अनुकरणीय हुनेछ । र यसले नेपालको अझ पूर्ण रुपमा सम्पन्न भए नेपाललाई अनुकरणीय रुपमा लिनेछन् ।"

    संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइएको हो ।

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा