शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र घर नम्बर २’मा नायिकाद्धय केकी र उपासना फाइनल

एक्सप्रेस पाना
श्रावण २४, २०८१ बिहीबार
  • 287
    SHARES
  • चलचित्र घर नम्बर २’मा नायिकाद्धय केकी र उपासना फाइनल

    काठमाडौं ।  साउन २५ देखि छायांकनमा जान लागेको चलचित्र ‘के घर के डेराः घर नम्बर २’मा नायिकाद्धय केकी अधिकारी र उपासना सिंह ठकुरीको प्रवेश भएको छ । 

    images

    केकी र उपासना दुबैसँग निर्माणपक्षले कागजी संझौता गरेको छ ।

    चलचित्रको मुख्य अभिनेताहरुमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल फाइनल भइसकेका छन् । 

    images

    केकीले बैशाख महिनामा चलचित्र ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि ‘के घर के डेराः घर नम्बर २’मा काम गर्न लागेकी हुन् । यस्तै, उपासनाले चलचित्र ‘खुस्मा’को छायांकन सकेपछि यो चलचित्रमा काम गर्न लागेकी हुन् । 

    दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको चलचित्रको कथा वुद्दिसागरले लेखेका हुन् भने चलचित्रको छायांकन काठमाडौंमा हुने निर्माण पक्षले बताएको छ ।

    ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ । चलचित्रलाई सामाजिक कथावस्तुमा निर्माण गरिने निर्माण पक्षको भनाई छ ।

     

  • सम्बन्धित विषय:

  • # घर नम्बर २