काठमाडौं । दक्षिण भारतीय अभिनेता नागा चैतन्यले आफ्ना प्रेमिका शोभिता धुलिपालासंग इन्गेजमेन्ट गरेका छन् ।
उनीहरूले बिहीबार नजिकका साथीभाइ र परिवारबीच इन्गेजमेन्ट गरेका हुन् ।
सामंथा रुथ प्रभु संग डिभोर्स भएको ३ वर्षपछि नागा चैतन्यले दोस्रो विवाहका लागि पहिलो कदम अघि बढाएका हुन् ।
शोभिता धुलिपाला र नागा चैतन्य सन् २०२२ मा पहिलोपटक एकसाथ देखिएका थिए ।
नागार्जुनले सामाजिक सञ्जालमा नागा चैतन्य र शोभिता धुलिपालाको इन्गेजमेन्टको फोटो सार्वजनिक गर्दै उनीहरूको सम्बन्धलाई औपचारिक गरिदिएका हुन् ।


