शुक्रबार, भाद्र २६ गते २०८३
images

आजदेखि देशभरीका सिनेमा हलमा ‘नम्बरी सुन’

एक्सप्रेस पाना
श्रावण २५, २०८१ शुक्रबार
  • 267
    SHARES
  • आजदेखि देशभरीका सिनेमा हलमा ‘नम्बरी सुन’

    काठमाडौं । शुक्रवारदेखि देशभरीका सिनेमा हलमा नयाँ नेपाली चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आएको छ ।

    images

    लामो समयदेखि प्रचार–प्रसारमा व्यस्त भएको चलचित्रले यसअघि सार्वजनिक ट्रेलर तथा गीतहरुका कारण दर्शकको ध्यान आकर्षित गरिसकेको छ । 

     चलचित्रमा नेपाली समाजमा विद्यमान जातिय विभेदलाई मुख्य विषयवस्तु बनाइएको छ । खासगरि, उच्च तथा तल्लो वर्गका युवा–युवतीबीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई  चलचित्रमा प्रस्तुत गरिएको छ ।

    images

    चलचित्रमा अभिनेता गौरव पहाडीले तल्लो वर्गका युवाको प्रतिनिधित्व गरेका छन् भने अभिनेत्री नम्रता सापकोटाले उपल्लो वर्गको परिवारको प्रतिनिधित्व गरेकी छिन् । राजु गिरिद्वारा निर्देशित यो फिल्मका प्रस्तुतकर्ता नारायण खाती हुन् । चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा तथा सरोज खनालसंगै विनोद न्यौपाने, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरि लगायतको अभिनय छ ।

    सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द, गौतमराज खड्काको सम्पादन छ ।

    सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # ‘नम्बरी सुन’