शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन

एक्सप्रेस पाना
श्रावण २५, २०८१ शुक्रबार
  • 324
    SHARES
  • सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    images

    बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी  सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे ।

    images

    ’सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई निजी क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ प्रधानमन्त्रीले भने ।

    बिरामीलाई अस्पतालमा भर्ना नगरेसम्म उपचार नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।​ उनले स्वास्थ्य बीमालाई व्यावहारिक र कार्यान्वयनयोग्य बनाउन आग्रह गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • # सरकारी अस्पताल