शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विद्युत प्राधिकरणको १३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा

एक्सप्रेस पाना
श्रावण २५, २०८१ शुक्रबार
  • 384
    SHARES
  • विद्युत प्राधिकरणको १३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ ।

    images

    शुक्रबार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा भएको बताएका हुन् । 

    घिसिङले भने, ‘आर्थिक वर्ष ०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन,’ ‘आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफ कमाउँदै प्राधिकरणले सुरु गरेको आफ्नो गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।’ 

    images

    उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ संचित नाफमा पुगेको बताए ।

  • सम्बन्धित विषय:

  • # नेपाल विद्युत प्राधिकरण
  • # कुलमान घिसिङ