शुक्रबार, आश्विन २३ गते २०८३
images

संविधानबाट प्राप्त अधिकारलाई सुरक्षित राख्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्छ :उपप्रधानमन्त्री सिंह

एक्सप्रेस पाना
श्रावण २७, २०८१ आइतबार
  • 380
    SHARES
  • संविधानबाट प्राप्त अधिकारलाई सुरक्षित राख्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्छ :उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्।

    images

    आइतबार ललितपुरमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेका कार्यक्रममा बोल्दै उनले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताएका हुन् । 

    उनले भने, "म त अधिकार नै नभएको, राजनीतिक पार्टी ब्यान्ड भएको जमानाबाट हुर्किएको युवा हो। अहिले भएका अधिकारहरु कसरी हामीले कार्यान्वयन गर्नेरु त्यसबाट बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर हामी लाग्नुपर्छ। प्राप्त गरेको अधिकारलाई मिनिमाइज गरेर, यो केही होइन, अझ बढी चाहिन्छ भनेर हामी अघि बढ्दा पाएका कुरा गुमिरहेका छन्," ।

    images

    अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने कुरा राम्रो नभएको उनको भनाइ थियो। 

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह