शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘खुस्मा’को टिजर सार्वजनिक

एक्सप्रेस पाना
श्रावण २७, २०८१ आइतबार
  • 375
    SHARES
  • चलचित्र ‘खुस्मा’को टिजर सार्वजनिक

    काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको चलचित्रमा ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ । 

    images

    आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने चलचित्रको टिजरले मुख्य पात्र धिरज र उपासनको मिठासपूर्ण प्रेमभाव र माओवादी द्धन्द्वले गाउँमा पारेको प्रभावलाई प्रस्तुत गरेको छ ।

    एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् ।

    images

    चलचित्रका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

    चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

  • सम्बन्धित विषय:

  • # चलचित्र ‘खुस्मा’
  • # उपासना सिंह ठकुरी
  • # धिरज मगर