शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पार्टीको आगामी महाधिवेशन समयमै गर्न कांग्रेस नेता कोइरालाको आग्रह

एक्सप्रेस पाना
श्रावण २७, २०८१ आइतबार
  • 325
    SHARES
  • पार्टीको आगामी महाधिवेशन समयमै गर्न कांग्रेस नेता कोइरालाको आग्रह

    काठमाडौंं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन समयमै गर्न आग्रह गरेका छन्। 

    images

    आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता कोइरालाले २०८२ मंसिरमा महाधिवेशन गर्ने सुनिश्चितता हुनुपर्ने बताएका हुन्। कोइरालाले महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजाने बताए । 

    कोइरालाले भने,"१४औँ महाधिबेशन देखी थाती रहेका क्रियाशील सदस्यता लगायतका समस्या तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस्,’ । ‘यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ। ठिक चार वर्षमा कांग्रेसको महाधिवेशन होस्।"

    images

    उनले पार्टीमा बिग्रिएको प्रणालीलाई ट्र्याकमा ल्याउने मनसायबाट उक्त विषयमा जोड दिएको पनि बताए। 

     

  • सम्बन्धित विषय:

  • # शेखर कोइराला
  • # महाधिवेशन