काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य हाल सम्मकै उच्च भएको छ ।
सोमबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ हजार १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ । यो मूल्य अहिलेसम्मकै उच्च मुल्य हो ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७४० रुपैयाँमा कायम भएको छ । सोमबार चाँदी मूल्य प्रतितोला १ हजार ७१५ रुपैयाँ कायम थियो ।



