काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सबै दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै सभापति देउवाले एक अर्कालाई आलोचना गर्नभन्दा पनि सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगको प्रभावकारितामा ध्यान दिनुपर्ने बताएका हुन् ।
देउवाले भने,"मुुलुकलाई अप्ठ्यारो पर्दा राजनीतिक दलहरू एक ठाउँमा आउने विशिष्ट अभ्यास छ । संक्रमणकालीन न्यायलाई निष्कर्ष पुर्याउन पनि सबै दलहरू एक ठाउँमा आउने विश्वास लिएका छौँ,"
शान्ति सम्झौतापछिको १८ वर्षको अवधिमा नेपालले द्वन्द्वका हतियार व्यवस्थापन, सेना समायोजन र संविधानको सफल प्रयासपछि मौलिक रूपमा शान्त्रि प्रक्रियाको बाटोमा रहेको उनले बताए ।



