शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ६ जनाले दिए आवेदन

एक्सप्रेस पाना
श्रावण ३१, २०८१ बिहीबार
  • 312
    SHARES
  • चलचित्र विकास बोर्डको अध्यक्षका लागि ६ जनाले दिए आवेदन

    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ६ जनाको आवेदन दिएका छन्।

    images

    बुधबारसम्म ६ जनाले आवेदन दिएको चलचित्र विकास बोर्डका सदस्य सचिव तथा सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार चलचित्र निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, संस्कृतिकर्मी राजेशकुमार थापा, निर्माता तथा बोर्ड सदस्य अर्जुन कुमार डंगोल, निर्देशक दीपा पाण्डे बस्नेत र बोर्डसदस्य प्रकाश भट्टराईले आवेदन दिएका हुन्।

    images

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन भर्न भनेको थियो।

     

  • सम्बन्धित विषय:

  • # चलचित्र विकास बोर्ड
  • # अध्यक्ष