शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘सतीदेवी’को ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक

एक्सप्रेस पाना
श्रावण ३१, २०८१ बिहीबार
  • 256
    SHARES
  • चलचित्र ‘सतीदेवी’को ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक

    काठमाडौं ।  चलचित्र ‘सतीदेवी’को ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक भएको छ । 

    images

    बिहिबार सार्वजनिक गितमा चलचित्रकी मुख्य पात्र  मलिका महत र सन्दीप बाबु लोहनी फिचर्ड छन् ।

    गीतमा लक्ष्मण सुवेदीको शब्द रहेको छ भने संगीत दीपक शर्माको रहेको गीतमा प्रताप दास र दीपा लामाको स्वर छ । चलचित्रलाई लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् भने शीर्ष पात्र सतीदेवीको भूमिकामा मलिका महतले अभिनय गरेकी छन् । 

    images

    चलचित्रमा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । मलिकासँगै बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ पनि चलचित्रमा छन् ।

    गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको चलचित्रको निर्माता श्रीदेवी सुवेदी हुन् ।

     

  • सम्बन्धित विषय:

  • # ‘सतीदेवी’
  • # मलिका महत
  • # सन्दीप बाबु लोहनी