शुक्रबार, आश्विन २३ गते २०८३
images

समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्न जरुरी छ:उपप्रधानमन्त्री सिंह

एक्सप्रेस पाना
श्रावण ३२, २०८१ शुक्रबार
  • 362
    SHARES
  • समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्न जरुरी छ:उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताएका छन्।

    images

    शुक्रबार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी बिस्तार भएको भन्दै नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीसँग आग्रह गर्दै नेपालमै बस्ने वातावरण बनाउन युवा जगतले उपयुक्त सुझाव दिन पनि आग्रह गरे ।

     उनले भने,"अधिकारका लागि हामी लड्यौँ। तर अब लडेर ल्याएको अधिकार जिम्मेवारपूर्वक जगेर्ना गर्न जान्नुपर्छ। विरोध गर्दा गर्दा प्राप्त गरेको अधिकार पनि गुम्यो भने अनि हामीले के गर्ने? सबै जिम्मेवार हुनुपर्छ। प्लस टु सकिसकेपछि विद्यार्थीहरु विदेश जाने गर्छन। यत्रो पपुलर इन्जिनियर कलेजमा विद्यार्थी कम छन्,’। ‘हामीले नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्छ। यहीँ बसेर काम गर्न के चाहिन्छ, त्यो सुझाव दिनुभयो भने सरकारले त्यसमा सहयोग गर्नेछ। जनप्रतिनिधि हुँदैमा सबैकुरा थाहा हुँदैन नि।"

    images

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह