शुक्रबार, आश्विन २३ गते २०८३
images

समाज डेन्टल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्बन्धि सम्झौता

एक्सप्रेस पाना
श्रावण ३२, २०८१ शुक्रबार
  • 371
    SHARES
  • समाज डेन्टल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्बन्धि सम्झौता

    काठमाडौं । समाज डेन्टल हस्पिटल प्रा लि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पिटल प्रालिको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    images

    समाज डेण्टल हस्पिटल र प्रभु बैंकबीच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बंैकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरुले क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट, समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन् । 

    उक्त सम्झौतामा समाज डेण्टल हस्पिटलकी निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटाको संयुक्त हस्ताक्षर रहेको छ । 

    images

    “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३५ लाख भन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # प्रभु बैंक