काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन्।
भारतको औपचारिक भ्रमणका रहेकी राणाले सोमबार साँझ भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गरेकी हुन् ।
भेटका क्रममा उनीहरुबीच नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताबारे छलफल भएको राणाले बताएकी छन् । आफ्नो परराष्ट्रमन्त्रीका रुपमा भएको भ्रमण र भेटवार्ताले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने राणाले अपेक्षा गरेको उल्लेख गरेकी छन् ।
उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी थिइन् ।
भारतको पाँचदिने भ्रमणका लागि राणा आइतबार नयाँ दिल्ली गएकी हुन्।



