काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ।
सोमबार प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँ थियो। यो मूल्य नेपाली बजार हालसम्मकै उच्च हो।
यो दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलामा १ हजार ८२० रुपैयाँका कारोबार भइरहेको छ ।



