शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी छ:उपप्रधानमन्त्री सिंह

एक्सप्रेस पाना
भाद्र ४, २०८१ मंगलबार
  • 287
    SHARES
  • सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी छ:उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको बताउँदै पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेका बताएका छन् ।

    images

    मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सुरक्षित र व्यवस्थित सहर निर्माणका लागि मन्त्रालयले काम गरिरहेको र परिणाम विस्तारै देखिने बताएका हुन् । 

    उनले भने, ‘सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु, तर त्यो देखिन समय लाग्छ । संविधानले दिएको अधिकारलाई आवश्यक कानुन बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउने सन्दर्भमा कुनै दुबिधा छैन ।’

    images

    उनले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमतिलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको बताए ।

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह