शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भ्रष्टाचार निवारण ऐनलाई समितिबाट छिट्टै पारित गर्न गृहमन्त्री लेखकको आग्रह

एक्सप्रेस पाना
भाद्र ५, २०८१ बुधबार
  • 291
    SHARES
  • भ्रष्टाचार निवारण ऐनलाई समितिबाट छिट्टै पारित गर्न गृहमन्त्री लेखकको आग्रह

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् । 

    images

    बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने  बताए । 

    उनले संवेदनशील विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र  सभाबाट पारित गर्न आग्रह गरे । 

    images

    उनले भने,"भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त ज्यादा महत्त्व छ, यो  गम्भीर विषय पनि हो , संवेदनशील विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र  सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’ ‘यो प्रस्तावित विधेयकमा सदन र सभामा विस्तृत रूपमा माननीय सदस्यहरूको समेत संशोधन समेत आएर समितिमा पुगेको छ । छलफलका विषयहरू पहिचान भइसकेका छन् ।"

  • सम्बन्धित विषय:

  • # रमेश लेखक
  • # भ्रष्टाचार निवारण ऐन