काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाले घटेको हो । बुधबार प्रतितोलाको १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार १ सय रुपैयाले घटेर प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार दिन यसको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ कायम थियो ।



